एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ

सदरलाइन संवाददाता ७ माघ २०८२, बुधबार १२:४८
 

नेपालगञ्ज :  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ।

केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो। निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ। केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ।


यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ। केन्द्रले पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्रको प्याकिङसमेत सम्पन्न गरेको छ। कूल सात हजार ८४१ बाकस मतपत्र प्याकिङ भइसकेको र १२ हजार ९८९ बाकस भने बाँकी छ।

प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको मनोनय, दाबी विरोधको प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिसकेपछि सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश

७ माघ २०८२, बुधबार १२:४८
प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेको छ, जुन अवधिमा दलहरूले विभिन्न वाचासहितका घोषणापत्र ल्याउने र तिनका उम्मेदवारहरूले प्रचारप्रसार गर्ने समय पाउने छन्। मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरूको अन्तिम नामावली यही शुक्रवार प्रकाशन हुने छ र त्यसपछि आचारसंहिताको अधीनमा […]