नेपालगञ्जमा प्लाष्टिकका माला खुलेआम बिक्रि

सदरलाइन संवाददाता ४ कार्तिक २०८२, मंगलवार १९:२७
 

नेपालगञ्ज :  बाताबरणमा असर पार्ने भन्दै देशका धेरैजसो पालिकामा प्लास्टिकका मालाको बिक्री वितरणमा प्रतिबन्ध लगाइए पनि नेपालगञ्जमा जताततै खुला रुपमा प्लास्टिकका मालाको (कृत्रिम फूल माला) को कारोबार भइरहेको छ ।

भारतीय फूललाई विस्थापित गर्ने उदेश्यले बाँकेमा सयपत्री फूलको ठुलो मात्रामा खेती गरिए पनि भारतबाट ल्याइएका कृत्रिम फूल मालाको कारोबार खुलारुपमा भइरहेकोले सयपत्रीको बिक्री समेत प्रभावित भएको छ ।

भारतीय सीमानासँग गाँसिएको नेपालगञ्जका धेरै ठाउँमा अहिले कृत्रिम फूल माला बिक्रीका लागि राखिएका छन् ।


प्लास्टिकको माला देखिँदा आकर्षक भए पनि यस्ता माला लगाउँदा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने ज्ञान धेरैलाई नभएकै कारणले पनि त्यस्ता मालाको बिक्री भइरहेको नेपालगञ्जका हरित अभियन्ता हेमन्तराज काफ्लेले बताउछन् ।

उनले यस पटक जिल्लामा सयपत्री फूलको उत्पादन उल्लेख्य मात्रामा भएकोले प्लास्टिकको माला प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरे ।

उता, फूलखेतीमा लागेका स्थानीय व्यवसायीले भारतीय फूल र प्लास्टिकको मालाका कारण नेपालमा उत्पादन भएको सयपत्री फूलको बिक्री प्रभावित हुँदै आएको र आफुहरुको व्यवसाय नै धासाय हुने अवस्थामा पुगेको गनासो गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१२ ग्रामबढी ब्राउन सुगरसहित नेपाली युवा परे भारतीय प्रहरीको फन्दामा

४ कार्तिक २०८२, मंगलवार १९:२७
नेपालगञ्ज : सीमावर्ती रूपैडिहामा रहेको भारतीय सीमा सुरक्षा बल ( एसएसबी ) को ४२औँ वाहिनी र भरतीय प्रहरीको संयुक्त टोलीले १२ ग्राम ७१ मिलीग्राम ब्राउन सुगरसहित एक नेपालीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेका छन । रुपैडिहाका थाना प्रभारी रमेश सिंह रावतका अनुसार सीमा क्षेत्रमा गस्ती गर्दै गर्दा टोलीले पिलर नम्बर […]

सम्बन्धित