माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर नेपाल ल्यायो

सदरलाइन संवाददाता १९ असार २०८२, बिहीबार १९:०६
 

नेपालगञ्ज : तातोपानी नाकाहुँदै माउन्टेन हेलिकप्टर प्रालिले हेलिकप्टर नेपाल ल्याएको कम्पनीका महाप्रवन्धक दिलबहादुर वलीले जानकारी दिए । उनका अनुसार फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल भित्र्याइएको हो ।

चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको जनाएको छ । हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको हो ।

प्रालिका महाप्रबन्धक वलीले एक साताभित्र भन्सार प्रक्रिया र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर उडानसेवामा ल्याइने जानकारी दिए ।


‘फ्रान्सबाट निर्मित चीनमा उडिरहेको हेलिकप्टर नेपाल ल्याइएको हो’, उनले भने । नयाँ हेलिकप्टरसँगै कम्पनीसँग अब तीन हेलिकप्टर हुने भएका छन् ।

महाप्रबन्धक वलीले आकाशबाट उडाएर ल्याउदा झण्डै दशहजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले सडकमार्गबाटै ल्याइएको बताए ।

कम्पनीले यसअघि एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँ ल्याएको थियो । तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश सभामा मुख्यमन्त्री आचार्यको सम्वोधनः बजेट बाँडफाँट समावेशी र सन्तुलित भएको दाबी

१९ असार २०८२, बिहीबार १९:०६
दाङ  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि प्रस्तुत बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको दाबी गरेका छन् । प्रदेश सभाको छैठौं अधिवेशनको १६ औं बैठकमा बजेट विनियोजनबारे उठेका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले जिल्लागत रूपमा विनियोजन भएको बजेटको विवरण सार्वजनिक गर्दै बजेट […]