नेपालगञ्ज : सुनचाँदी व्यवसायीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय विरुद्ध बुधबारदेखि रिले अनसन जारी राखेका छन् ।
सरकारको सो कदमका बिरुद्ध व्यवसायीहरुले अनिश्चितकालीन रुपमा पसल, व्यवसाय बन्द घोषणा गर्दै रिले अनशनमा उत्रिएका हुन । रिले अनसनको आज बिहीबार दोस्रो दिन हो ।


नेपालगञ्ज सुनचाँदी व्यवसायी महासंघका सह कोषध्यक्ष तथा लुम्बिनी प्रदेश कमिटी सदस्य मो हासिम अन्सारीले बुधबारबाट आफहरु रिले अनसनमा उत्रिएको जानकारी दिदै अनिश्चितकालीन व्यवसाय बन्द गरेको बताए ।
उनले बन्दका समयमा सुनचाँदीको गहनाको कारोबार गरेको पाइएमा पहिलो पटक ११ हजार, दोस्रो पटक ३१ हजार जरिवाना गर्ने निर्णय भएको बताए । नेपालगञ्ज सुनचाँदी व्यवसायी संघ बाँकेले तेस्रो पटक पनि संघको निर्णय नमान्ने सदस्य व्यवसायीको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।