२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

बालबालिकाको पुरस्कार मुटु रोगी थारुलाई हस्तान्तरण



नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका–८ मा रहेको नमूना विद्या सदनमा अध्ययनरत बालबालिकाहरुले आफूले पाएको पुरस्कार मुटुरोगीलाई दिएका छन् ।

फागुन ६ गते भएको ११ गते ११औं वार्षिकोत्सवमा संस्कृति खाद्य महोत्सव र विज्ञान प्रर्दशनीमा उत्कृष्ट भएर पाएको पुरस्कारलाई मुटु रोगीलाई हस्तान्तरण गरेका हुन् ।

कोहलपुर नगरपालिका–७ लखनवार निवासी ईन्द्रलाल थारुको उपचारार्थ सहयोगका लागि ग्रीन हाउसका बालबालिका तथा कर्मचारी र शिक्षकहरुको सामुहिक रुपमा संकलन गरेको करिब ४२ हजार रुपैयाँ हस्तान्तरण गरेको विद्यालयका कार्यकारी निर्देशक शिव डाँगीले जानकारी दिए ।

लामो समयदेखि मुटु रोगको उपचार गर्न आर्थिक समस्या भएपछि बालबालिकाहरुले आफूले पाएको पुरस्कार समेत हस्तान्तरण गरेका डाँगीले बताए । थारु शहिद गंगालाल राष्ट्रिय हृदय बाँसबारी काठमाण्डौमा उपचार गराइरहेका छन् ।

सामाजिक उत्तरदायित्व वहन गर्दै नमुना विद्या सदनका विद्यार्थीहरुले उक्त रकम थारुको छोरी रिता थारुलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २०८० फागुन १४ गते सोमबार
ताजा समाचार