२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

भुकम्प पीडितका लागि खाद्यान्न सहयोग



नेपालगञ्ज : शुक्रबार राती जाजरकोटलाई मुख्य केन्द्र बिन्दु बनाई जाजरकोट र पश्चिम रुकुममा आएको भुकम्प पीडितहरुका लागि नेपालगञ्जबाट खाद्यान्न सहयोग गर्दै जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा ६ मा रहेको ग्रीन सिटि नेपालगञ्जले ७७ हजार बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न हस्तान्तरण गरिएको ग्रीन सिटिका प्रबन्धक रसीद कुरैसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार
ताजा समाचार