२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

कोहलपुरमा पेट्रोल छर्किएर मार्न खोज्ने पक्राउ



कोहलपुर (बाँके) : अरुको ज्यानमा पेट्रोल छर्किएर आगो लगाइ मार्न खोजेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अरुको ज्यानमा पेट्रोल छर्किएर आगो लगाइ मार्न खोजेको आरोपमा प्रहरीले कनकासुन्दरी गाउँपालिका –१ का ३४ बर्षीय चन्द्र भनिने चन्द भण्डारीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

भण्डारीले कात्तिक ७ गते राति साढे १० बजेको समयमा बैजनाथ गाउँपालिका ४, बोरिङटोल बस्ने अक्कलबहादुर भाम, कृष्णदेवी ऐडी, समीर भाम, बाबु रुपा भाम, दुधबहादुर भाम बसेको घरको कोठामा पेट्रोल छर्किएर आगो लगाइ ज्यान मार्ने उद्योग गरेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।

भण्डारीलाई कात्तिक १४ गते बैजनाथ गाउँपालिका –६ मानखोलाबाट पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ गरिएका भण्डारीलाई बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक भट्टराइले जानकारी दिए ।

प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार
ताजा समाचार