२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

राप्रपा बाँकेका नेता सफिक बेहना एमालेमा प्रवेश



नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का युवा नेता मो. सफिक बेहना नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपा बाँके निर्वाचन क्षेत्र नम्बर २ ख का सभापति समेत रहेका युवा नेता बेहनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् ।

बेहनासँगै राप्रपाका अर्का नेता रवि बर्मा पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरु दुबैलाई अध्यक्ष ओलीले बालकोटमा खादा लगाउँदै पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा उनीहरुसँग क्षेत्र नम्बर १ बाँकेका सांसद सुर्य ढकाल पनि उपस्थित थिए ।

नेपालगन्जका अति प्रभावशाली व्यक्ति समेत रहेका बेहना नेपालगन्ज–४ का निवर्तमान वडाध्यक्ष समेत हुन् । उनी एमालेमा प्रवेश गरेसँगै राप्रपा बाँकेमा निकै खैलावैला मच्चिएको छ ।

एमाले प्रवेश गरेपछि बेहनाले कसैको दबाबमा नभएर आफै सो इच्छाले एमालेमा गएको बताए । पहिला राप्रपामा पार्टीका लागि गरेको कार्य भन्दा पनि अब एमालेका लागि लागिपर्ने उनले बताए । नेता बेहनलाई गरिव र दुखीका सहारा भनेर पनि नेपालगन्जमा चिनिन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक १६ गते बिहीबार
ताजा समाचार