Sadarline
२०८३ असोज २९ , बिहीबार

एमाले बाँकेको स्वयंसेवक टोली रुकुम पश्चिम प्रस्थान



नेपालगञ्ज : नेकपा एमाले बाँकेले भुकम्प प्रभावितको घर पुनर्निमार्णमा सहयोग गर्न स्वयंसेवक खटाएको छ । एमालेका नेता राम थापाको नेतृत्वमा २० जनाको टोली रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सहयोग गर्न मंगलवार विहान निस्केको छ ।

एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिका अनुसार नेपालगञ्जबाट गएको स्वयंसेवक टोलीले पुनर्निर्माणमा सहयोग गर्नेछ । स्वयंसेवक टोलीले खाने बस्ने व्यवस्था आफै गरेको छ । एमालले यसअघि भुकम्प प्रभावितका लागि आठ लाख बराबरको सहयोग गरेको थियो ।

प्रकाशित मिति : २०८० मंसिर ५ गते मंगलबार
ताजा समाचार