२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

दर्ता नभएका मोबाइल नेपालमा नचल्ने



काठमाण्डौ : अबदेखि नेपालमा दर्ता नभएका मोबाइल नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्णरूपमा लागू गर्ने भएसँगै दर्ता नभएका मोबाइल नचल्ने भएका हुन् ।

प्राधिकरणले सूचना जारी गर्दै १५ दिनभित्र पनि एमडीएमएसमा दर्ता नभएका मोबाइलको दूरसञ्चार सेवा अवरुद्ध गर्ने चेतावनी दिएको हो । अबदेखि दर्ता नभएका मोबाइलमा नेटवर्क सेवा प्राप्त नहुने भएको हो ।

मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्री–वितरण रोक्न भन्दै प्राधिकरणले पटक–पटक एमडीएमएस लागू गरिएको घोषणा गरेको छ ।

यसघिदेखि पटक–पटक म्याद थप्दै आएको भए पनि अब अन्तिम पटकका लागि १५ दिनको समय दिइएको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पटक पटक समय थप गरिएको भए पनि यसपालि अन्तिम पटकका लागि मात्र भनेर समय थपिएको जानकारी दिए ।

गएको बैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले जेठ १ गतेदेखि पूर्णरूपमा लागू गर्ने जनाएको थियो ।

तर पटक पटक म्याद थपेर यहाँसम्म आइपुगेको हो । यसपटक अन्तिम नै भएको भन्दै अध्यक्ष खनालले भने, ‘हामीले १५ दिनको समय दिएका छौँ । यो अवधिभित्र पनि मोबाइल रजिष्टर गरिएन भने अब बन्द गछौँ ।’

प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार
ताजा समाचार