२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

सशस्त्र द्वन्द्वसँग सम्बन्धित उजुरीमाथि छानबिन बाँकी



नेपालगञ्ज : राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जमा अझै पनि सशस्त्र द्वन्द्वसँग सम्बन्धित ४३० वटा उजुरी माथि छानविन, अनुसन्धान हुन बाँकी रहेको पाईएको छ ।

यसैगरी सशस्त्र द्वन्द्वसँग असम्बन्धित उजुरीको सङ्ख्या भने १५ वटा रहेको छ । २०७९ पुष मसान्तसम्मको विवरण अनुसार महासन्धिको आधारमा उजुरीको सङ्ख्या हेर्दा नागरिक तथा राजनीतिक ११०, आर्थिक तथा सामाजिक ५८, यातना ८५, महिला ६, बालबालिका ६६, बलपूर्वक बेपत्ता १२० गरी जम्मा ४४५ वटा उजुरी रहेका छन् ।

जिल्लागत विवरण अनुसार उजुरीको सङ्ख्या हेर्दा बाँके १२७, बर्दिया ८६, दाङ ५३, रोल्पा १३५, रुकुम पूर्व ३१, प्युठान १२ र डोल्पाको १ वटा उजुरी रहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जका मानव अधिकार अधिकृत दयाराम पाठकले गत आर्थिक बर्ष २०७९÷०८० मा साधारण दर्ता गरिएका, जानकारीमा लिएका उजुरी सङ्ख्या ९९ वटा रहेको र ति सबैको फच्र्यौट भईसकेको जानकारी दिए । यसैगरी संरक्षण दर्ता गरिएका उजुरी सङ्ख्या २ वटा रहेकोमा अहिले ति उजुरी प्रक्रियामा रहेको जानकारी दिए ।

आयोगमा दर्ता भएका उजुरीको सङ्ख्या धेरै भएपनि जनशक्ति, स्रोत साधनको अभावका कारण राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले बार्षिक ४ देखि ५ दर्जनको हाराहारीमा मात्र उजुरीको फच्र्यौट गर्न सकेको देखिन्छ ।

प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार
ताजा समाचार