२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

जनसांस्कृतिक महासंघ बाँकेको प्रथम सम्मेलन सम्पन्न



नेपालगञ्ज : जनसांस्कृतिक महासंघ नेपाल बाँके जिल्लाको प्रथम सम्मेलन शनिवार सम्पन्न भएको छ । नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयमा सम्पन्न सम्मेलनले अध्यक्ष पदमा गणेशा बिष्ट कार्की लगायतका १५ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।

यस्तै उपाध्यक्षमा दुर्गा बहादुर भण्डारी, तारा कुमारी रोकाय, सचिव पदमा दीपेन्द्र केसी, सहसचिव पदमा सीमा घर्ती, कोषाध्यक्ष पदमा चरित्रा शाह, सदस्यहरुमा हरेन्द्र बिक, विष्णु कनोजिया, टंक बोहरा, रमिता बुढाथोकी, सुनिल बटाला, दिपेन्द्र आचार्य, अमर शाही, उपेन्द्र आचार्य, भरत बहादुर थापा सर्वसम्मत रुपले चयन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बाँके जिल्ला अध्यक्ष नरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न कलाकारहरुले गीत, गजल, कविता वाचन गरेर जनसन्देश दिएका छन् ।

साहित्यकार मणि आचार्यले सञ्चालन गरेको कार्यक्रममा माओवादी केन्द्रका बाँके जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्स, डा. इन्द्र भण्डारी, डा. डक्ट प्रसाद धिताल, चरित्रा शाही, रतन बहादुर शाही लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : २०८० साउन २० गते शनिबार
ताजा समाचार