२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

सांसद् राणाद्वारा योग समितिलाई ५० हजार सहयोग



नेपालगञ्ज : सांसद डा. धवलशमशेर राणाले योग समितिलाई ५० हजार रकम सहयोग गरेका छन् ।

राज्यको तलब सुविधा नलिने घोषणा गरेका डा. राणाले बुधबार नेपालगञ्जमा योगगुरु गिरिराज भट्टराईलाई ५० हजार हस्तान्तरण गरेका हुन् ।

डा. राणाले जनप्रतिनिधी हुँदा पाउने तलब भत्ता पीडित व्यक्ति, सामाजिक संघ संस्थालाई दिँदै आएका छन् ।

डा. राणाले केही दिनअघि विश्व हिन्दू परिषदलाई ५० हजार दिएका थिए । नेपालगञ्जको दुई पटक मेयर हुँदा पनि डा. राणाले तलब भत्ता सामाजिक काममा खर्चिएका थिए ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधबार
ताजा समाचार