२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

मारवाडी महिलाहरुका बिचमा खानाका परिकार बनाउने प्रतिश्पर्धा सम्पन्न



नेपालगञ्ज :  मारवाडी महिला मञ्च नेपालगञ्ज बाँकेको आयोजनामा मारवाडी समुदायका महिलाहरुका बीचमा विभिन्न खानाको परिकार पकाउने प्रतिश्पर्दा नेपालगञ्जमा सम्पन्न भएको छ ।

मारवाडी महिला मञ्च नेपालगञ्ज बाँकेको आयोजनामा मारवाडी समुदायका महिलाहरुका बीचमा विभिन्न खानाको परिकार पकाउने प्रतिश्पर्दा आयोजना गरिएको हो ।

विभिन्न सामाजिक कार्यमा समेत सरिक हुँदै आएका मारवाडी गृहणी महिला तथा किशोरीहरुमा लुकेको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले विभिन्न खानाका परिकार बनाउने प्रतिश्पर्दात्मक कार्यक्रमको आयोजना गरिएको आयोजक मारवाडी महिला मञ्च नेपालगञ्जका अध्यक्ष संगिता अग्रवालले जानकारी दिईन ।

मारवाडी महिलामा भएका प्रतिभा उजागर गर्ने र उनीहरुमा आत्मबल बढाउनको लागि यस्तो खालका कार्यक्रमहरुले उर्जा दिने गरेको मारवारी किशोरी शिल्पा अग्रवालको भनाई छ । उनले घरको चुलो चौकोमा मात्र नभएर मारवाडि महिला पनि सक्षम छन् भन्ने यस्तो कार्यक्रमले सन्देस दिने दाबी गरिन ।

आठजना प्रतिश्पिदी रहेको सो कार्यक्रममा धनगढीबाट प्रतिष्पर्दामा सहभागि हुन आउकी गायत्री देवी गोञ्जानीया प्रथम, नेपालगञ्जकी मोहीनी अग्रवाल र निशा सठिया क्रमश द्वितिय र तृतिय स्थान हाशिल गरेका थिए ।

कार्यक्रमको निर्णायक नेपालगञ्जको होटल सिद्धार्थ भ्युका चिफ सेफ अर्जुन खरेलको टीम रहेको थियो भने प्रतिष्ठित व्यवसायी प्रदीप कुमार छाजेडलगायतको उपस्थिति रहेको थियो । बाँकेमा मारवाडी महिला मञ्चमा १ सय ३० जना आबद्ध रहेका छन् ।

 

प्रकाशित मिति : २०८० जेठ १४ गते आइतबार
ताजा समाचार