२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

सुदूरपश्चिम सरकारले ५ जना खेलाडीलाई सम्मान गर्ने



धनगढी : आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई नगद पुरस्कार दिने भएको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेको हो ।

विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि नेपाली टोलीले गौरवपूर्ण जित हासिल गरेको थियो ।नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउने नेपाली टोलीलाई विशेष धन्यवाद दिदैं सुदूरपश्चिम प्रदेशबाट टोलीका प्रमुख खेलाडी दिपेन्द्रसिंह ऐरी र भिम सार्कीलाई जनही २ लाख दिने मुख्यमन्त्री कमल शाहको सचिवालयले जानकारी दिएको छ ।

यस्तै टिममा परेका खेलाडी सन्दिप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन साउदलाई ५० हजार गरी ६ लाख दिने घोषणा गरिएको हो ।

प्रकाशित मिति : २०७९ चैत ४ गते शनिबार
ताजा समाचार