२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

अझै आएन खडकवारको मत्ता हात्ती नियन्त्रणमा



कोहलपुर (बाँके) : सोमबारदेखि कोहलपुर नगरपालिका वडा नं १३ खडकवारमा आतंक मच्चाईरहेको मत्ता हात्ती गणेशराज अझै नियन्त्रणमा आउन सकेको छैन । आन्तरीक पर्यापर्यटनमा टेवा पुर्याउने उद्धेश्यले पालिएको उक्त घरपालुपा हात्ती मत्ता भएपछि अहिले खडकवार क्षेत्रमा त्रास फैलिएको छ । स्थानियहरुलाई जंगलमा जान प्रतिबन्ध गरिएको छ भने घरमा समेत सचेत भएर बस्न भनिएको छ ।

सोमबार हात्तीको आक्रमणबाट घाईते भएका माहुते कृष्ण प्रसाद उपाध्यायलाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएकोमा उनको त्यहा उपचार संभव नभएपछि नेपालगञ्ज नर्सिङ होम रेफर गरिएको नेपालगञ्ज मेडिकल कलेजका प्रशासन प्रमुख सञ्जय पन्तले कोहलपुर टाईमसलाई बताएका छन् ।

उपाध्याय विगत २०७४ सालदेखि गणेशराज भन्ने नामक हात्तिको पाल्दै आएका थिए । आफैले पालेको हात्तीले आफनो दाराले उपाध्यायको तिघ्रमा छेडेको जनाइएको छ । अहिले उनी खतरामुक्त भएपनि उपचारमा कठिन हुने चिकित्सकहरुले बताएका छन् ।

हात्ती नियन्त्रणको प्रयास भईरहेको हाक्तिसारका इन्चार्ज पुष्प कुमालले जानकारी दिएका छन् । उनले थप हात्ती र माहुतेसहितको टोली परिचालन गरि हात्ती नियन्त्रणमा ल्याउने प्रयास पनि बिफल भए एयर गनको सहायताले बेहोस पारेर भएपनि नियन्त्रणमा लिईने जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फागुन २ गते मंगलबार
ताजा समाचार