२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

वडा बाल क्लवस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा बाल क्लबका बालबालिकाबिच वक्तृत्वकला प्रतियोगिता सम्मपन्न भएको छ । शान्ति, समृद्धि र विकासका लागि स्वच्छ तथा हरित नेपालको आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ को सहकार्यमा बालबालिकाको अधिकार र उनीहरुको कर्तव्यका विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

बालबालिकाको अधिकार र उनीहरुको कर्तव्यका विषयमा आयोजित प्रतियोगितामा डेजी थापा प्रथम, देव्यता बस्नेत दोस्रो र ममता बर्माले तेस्रो स्थान प्राप्त गरेका छन् । शान्ति, समृद्धि र विकासका लागि स्वच्छ तथा हरित नेपालका अध्यक्ष गिता आचार्यले प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पारेकी थिईन ।

बालबाललिकालाई धेरै जमातको अगाडि बोल्न सक्ने बनाउन यो प्रतियोगिताको आयोजना गरिएको आचार्यको भनाई
छ । वतृत्वकला प्रतियोगिताले बालबालिकालाई सानैदेखि बोल्ने र आफ्नो कुरा राख्न सक्ने भए भने भविष्यमा उनीहरुलाई बोल्न र आफ्नो समस्या सबैसामू राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

संस्थाका अध्यक्ष आचार्य अध्यक्षतामा आयोजित प्रतियोगिताका प्रमुख अतिथी वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्यले वडा न. १२ बाल मैत्रि स्थानीय शासन घोषणा भएको पहिलो वडा भएको स्मरण गराउँदै आफ्नो वडा सबैभन्दा सुरक्षित र आफ्नो वडाका बालबालिकाले सबै अधिकार प्राप्त गरेको बताए ।

उनले बालबालिका भोलिको र्कणधार सँगै आजको साझेदार भएको पनिे बताउदै वडामा सबै किसिमका व्यक्तिहरुको बसोबास रहेको र समाज विकसित बनाउन उनीहरु सबैको भूमिका बराबरी रहेको धारणा राखे ।

बालबालिकालाई विकासशिल र सक्षम बनाउन बोल्ने कलालाई वृद्धी गर्न आवश्यक रहेको अध्यक्ष  बज्राचार्यको भनाई छ । बाल्यकालको ज्ञान नै भविष्य सफल बनाउने बलियो आधार भएकोले बालबालिकाले अहिलेदेखि नै मेहेनत गर्नमा उनले जोड दिए ।

प्रतियोगितामा १२ नम्बर वडा स्तरिय बालक्लबका बालबालिका वडा सदस्यहरु विनोदकुमार रस्तोगी, राजकुमार बाल्मिकी र महिला सदस्यहरु सुशिला पन्त र चन्दा चिडिमार, आयोजक संस्थाका कोषाध्यक्ष उषा गौतम लगायतको उपस्थित रहेको थियो भने संस्थाकी सचिव स्मृती देवकोटाले कार्यक्रम संचालन गरेकी थिईन । निर्णायकमा संस्थाकी अध्यक्ष गिता आचार्य, वडा सदस्य सुशिला पन्त र बालक्लबकी अध्यक्ष आकृती चिडिमार रहेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २१ गते शनिबार
ताजा समाचार