२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

जनआस्थाले बृद्धबृद्धाहरुलाई खुवायो दिवा खाना



कोहलपुर (बाँके) : बाँकेमा कार्यक्षेत्र रहेको जन आस्था बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड कोहलपुर ११ ले जेष्ठ नागरिकहरुलाइ दिवा खाना खुवाएको छ । शनिबार जेष्ठ नागरिक मन्च कोहलपुरको दिवा सेवा केन्द्रमा करिब १ सय ५० जेष्ठ नागरिकहरुलाइ दिवा भोजन खुवाईएको हो ।

मन्चका सदस्य हरि प्रसाद पौडेलका अनुसार सो केन्द्रमा साप्ताहिक रुपमा जेष्ठ नागरिकहरु रमाइलो गर्ने अनुभव साटासाट गर्ने जस्ता विविध कार्यक्रमहरु निरन्तर हुदै आएको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने सहकारीको नीति बमोजिम खाना खुवाएको सहकारीकि उपाध्यक्ष तुल्सी वलि सामन्तले बताईन् ।

कार्यक्रममा सहकारिका कोषअध्यक्ष शिव डागी, सदस्य मन्जु कोइराला, हर्क शाही लगाएतको सहभागिता रहेको थियो । जन आस्था सहकारीको सहयोगले हौसला मिलेको जेष्ठ नागरिक मन्चकी अध्यक्ष डम्बर कुमारी घिमिरेले बताईन् ।

जेष्ठ नागरिक मन्चको गठन तथा केन्द्रको स्थापना पश्चात कोहलपुर क्षेत्रका बृद्धबृद्धाहरुलाई सुख दुख बिसाउने एउटा चौतारी भएको केन्द्रमा साप्ताहिक रुपमा बृद्धबृद्धाहरु भेला हुने भजन, चुडका गाउने, आफुलाई मन परेको खाने कुराहरु सामुहिक रुपमा ग्रहण गर्ने जस्ता कार्यक्रमहरु हुने गरेका छन् ।

केन्द्रको आफनै भवन समेत रहेको र यथेष्ठ जग्गा समेत रहेकाले पार्क टहल्ने हप्ता दिनको सुख दुख बिसाउने चौतारीको रुपमा यहाँ आउने बृद्धबृद्धाहरुले लिने गरेका छन् ।

केन्द्र प्रति अपनत्वको भावनासमेत जागृत हुदै जाँदा आज भोली सो केन्द्रमा साप्ताहिक रुपमा १०० देखि २०० सम्म बृद्धबृद्धाहरु आउने गरेको केन्द्रका अध्यक्ष घिमिरेको दावी छ ।

प्रकाशित मिति : २०७९ फागुन १३ गते शनिबार
ताजा समाचार