२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

जानकी गाउँपालिकाद्वारा आपतकालीन सामग्री वितरण



जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले जोखिममा रहेका समुदाय र घरपरिवारलाई आपतकालीन सामग्री वितरण गरेको छ ।

कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किडार्क) को आर्थिक सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा वडा नम्वर १ देखि ६ सम्म जोखिममा रहेका समुदाय र घरपरिवारको आपतकालीन आवश्यकता सम्बोधनका लागि प्रतिकार्य परियोजनाअन्तर्गत अति विपन्न, सीमान्तकृत र पिछडिएका घर परिवारलाई सो सामग्री वितरण गरिएको हो ।

किडार्क नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले शीतलहरबाट प्रभावित परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको बताए । उनले ५० परिवारलाई १२ हजार रुपैयाँ बराबरको आवश्यक खाद्यान्न र ३० परिवारलाई लत्ताकपडा वितरण गरिएको जानकारी दिए ।

जानकी गाउँपालिका अध्यक्ष छ्ब्बन खाँले पालिकाले विपन्न र पछाडि परेका समुदायको उत्थानका लागि अग्रसर भएर काम गर्दै आएको बताएका छन् । उनले किडार्कलाई शीतलहरबाट प्रभावित परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिदिएकोमा धन्यवाद दिनुका साथै पालिका सदैव समन्वयकारी भूमिका निभाउन तयार रहेको समेत बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले भोलिका दिनमा मदरसा र कुच्छबधिया समुदायका बालबालिकाको शिक्षाका लागि साझेदार संस्थासंग हातेमालो गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिबार
ताजा समाचार