२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

इमानदारीपूर्वक काम गर्न बाँके प्रहरी प्रमुख राठौरको निर्देशन



नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले कार्याभार सम्हालेका छन् ।

एसपी राठौरको यहीँ पुस ४ गते प्रहरी प्रधान कार्यालय नक्सालले बाँकेको प्रहरी प्रमुखका रुपमा काज सरुवा गरेको हो । कार्याभार सम्हाल्दै एसपी राठौरले जिल्लाभरका युनिट इन्चार्जहरु लगायत सबै प्रहरी कर्मचारीहरुलाई इमानदारीपूर्वक र कर्तब्यनिष्ट भनेर कार्य गर्न निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी बाँकेको कमाण्ड सम्हाल्दै एसपी राठौरले जिल्लाभर शान्तिसुरक्षा चुस्त राख्न मातहतका सबै प्रहरीलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २०७९ पुस १२ गते मंगलबार
ताजा समाचार