२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

म्याराथनका व्यवस्थापक शाहलाई कारबाहीको माग



नेपालगञ्ज : अनलाइन पत्रकार संघ नेपाल बाँकेले नेपालगञ्ज म्याराथनमा पत्रकारमाथि दुब्र्यबहार गर्ने आयोजक टिमका व्यवस्थापक सौगात शाहलाई कारवाही गर्न माग गरेको छ ।

प्रतियोगिताको समाचार संकलनमा गएका पत्रकारमाथि दुब्र्यबहार गरेर शाहले समाचार संकलनमा रोकसमेत लगाएको घटनाप्रति कडारुपमा भत्र्सना गर्दै संघले यस्तो माग गरेको हो ।

समाचार संकलनमा गएका पत्रकार रुद्र सुवेदीसहितका आधा दर्जन पत्रकारमाथि शाहले दुब्र्यबहार गरी समाचार संकलनमा रोक लगाएका थिए ।

पत्रकारमाथि यसरी दादागिरी मच्चाउने र समाचार संकलनमा रोक लगाई दुव्र्यवहार गरेको भन्दै बाँकेका पत्रकारहरुले उनीमाथि कारवाहीको माग गरेका हुन् ।

यस घटनाका बारे आयोजक संस्था क्रियटिभ हेन्डसका प्रमुख टिएस ठकुरीलाई जानकारी गराउँदा समेत कुनै प्रतिक्रिया नदिएको र यसबारे चासोनै नदेखाएको पत्रकारहरुले गुनासो गरेका छन् ।

घटनामा संलग्न शाहलाई कारवाही नगरी संघ लगायत बाँकेका पत्रकारले आयोजक संस्थाका आगामी सबै कार्यक्रम बहिस्कार गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०७९ मंसिर २५ गते आइतबार
ताजा समाचार