२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

नेपालगञ्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित



नेपालगञ्ज : नेपालगञ्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित भएको छ । विहानैदेखि बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो ।

नेपालगञ्ज विमानस्थलमा हवाई उडान र अवतरणका लागि १६०० मिटर भिजिविलिटी आवश्यक पर्दछ । राँझा विमानस्थलका अनुसार विहान साढे ११ बजे भिजिविलिटी ७०० मिटर मात्रै छ ।

नेपालगञ्जको न्यूनतम तापक्रम अहिले १६ डिग्री सेल्सियस छ । तापक्रम घटेसंगै चिसो बढेको छ ।

प्रकाशित मिति : २०७९ पुस १२ गते मंगलबार
ताजा समाचार