२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाँके क्षेत्रनं. २ का एमाले राप्रपा गठबन्धनका डा. धवल विजयी



नेपालगञ्ज :  बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भएका छन् ।

उनले २९ हजार ५ सय ७७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत पाए ।

नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत पाए । बाँके क्षेत्र नं. २ नेपाली काँग्रेसको बलियो संगठन भएको क्षेत्रमा काँग्रेसले तेस्रो स्थानमा चित्त बुझाउनु परेको हो ।

प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार
ताजा समाचार