२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

स्वतन्त्र उम्मेदवार शेषले चुनावी अभियान थप तीब्र बनाउँदै



नेपालगञ्ज : बाँकेको क्षेत्र नंं. २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ईरफान अहमद शेषले चुनावी अभियान शहर र गाँउ क्षेत्र दुवैमा तीब्र बनाएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा चुनावी अभियानलाई तीब्र पारेका हुन् । बाँके जिल्लामै क्षेत्र नं. २ लाई मुख्य रुपमा लिने गरिएको छ । यस क्षेत्रले समग्र जनताको ध्यान तानेको छ ।

जनमत पार्टीले उम्मेदवार शेषलाई चुनावमा भिड्न टिकट दिन पछाडी हटेपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । जनमत पार्टीले जसपाबाट केन्द्रिय सदस्यको प्रतिनिधित्व गरेर आएका बाबु खाँलाई टिकट दिएको छ । जस पश्चात जनमत पार्टी माथि टिकट बेचेको आरोप लागेको छ ।

उम्मेदवार शेषले किसान, पिडित रिक्सावाला, बैंक तथा सहकारी पिडित, नागरिकता विधेयक लगायतको आवाज बनेर यति बेला उम्मेदवार शेष सहित उनको टिम गाँउ शहर एक गरेका छन् ।

उनले नेपालगञ्ज उपमहानगरपालिलका २१, डुडुवा गाँउपालिकाको वडा नं. २ का केही गाँउमा घरदैलो गरेका थिए । त्यस बेला स्वतन्त्र उम्मेदवार शेषले चुनावी माहोल आफ्नो पक्षमा पार्न गाँउमा केन्द्रित भएको हामीलाई बताएका थिए ।

क्षेत्र नं. २ को बिकट क्षेत्रमा मलखाद्य, बिउबिजन, कृषि औजारमा पछाडी पर्दै आएका कृषक, पिडित रिक्सावालाहरुको बिषयलाई बुझ्दै जनताको दैलोमा खटिएका छन ।

उनी आफ्नो चुनाव चिन्ह डोजरलाई जनता बीच चिनाउँदै घरदैलोमा खटिएका छन् । उनले यी पिडितहरु कै बिषयलाई सदन र सडक दुवैबाट सरकारलाई दबाब दिने बताएका छन् ।

प्रकाशित मिति : २०७९ कात्तिक २२ गते मंगलबार
ताजा समाचार