२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

तुलसीपुरमा बजार बन्दको विपक्षमा व्यापारी



दाङ : दाङको तुलसीपुरमा बिहीवारदेखि हुन लागेको महोत्सवको विरुद्धमा तुलसीपुर उद्योग वाणिज्य संघले बजार बन्द गरेको छ । तर व्यापारीले बजार बन्द गराउनु समस्याको समाधान नभएको बताएका छन् । उद्योग वाणिज्य संघले लभिंग गर्न नसकेकोले बजार बन्द गर्नु पर्ने बाध्यता सिर्जना भएको बताउँछन् ।

तुलसीपुरमा कस्मेटिक व्यवसाय गर्दै आएकी कल्पना बिष्टका अनुसार अहिले विवाहको लगन भएकाले व्यवसायमा आजभोलि केहि आम्दानी हुने समयमा यसरी व्यवसाय नै बन्द गर्नु उचित हैन् । तर उद्योग वाणिज्य संघले पसलहरु बन्द गर्न भनेपछि आफूले पनि व्यवसायलाई थातिराखेर बाध्यताले बन्द गर्नु परेको बताइन् ।

त्यस्तै अर्का व्यापारी श्रीमन बस्नेतले पनि महोत्सवको पूर्वसन्ध्यामा पसल बन्द गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । उद्योग वाणिज्य संघले व्यापारीको हकहितका लागि आवाज उठाउनु जायज कुरा हो तर भोलि मेला लाग्दै छ । आज बजार बन्द गर्नुको औचित्य के ? ‘उद्योग वाणिज्य संघलाई महोत्सव लाग्न लागेको कुरा ४ महिला अगाडीदेखि थाहा थियो तर अहिले आएर विरोध गर्नु कहाँसम्मको कमजोरी हो, उनले भने ।’

त्यस्तै व्यापारीको हकहितका लागि बजार बन्दको आह्वान गरेको तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रुपबहादुर खत्रीले बताए । जिल्ला प्रशासन कार्यालयले परिपत्र गरेअनुसार नै आफूहरुले बजार बन्द गरेको उनको भनाइ छ ।

पटक पटक महोत्सव लगाउने संस्था संग लभिंग गरेता पनि संस्थाले जबरजस्ती महोत्सव लगाउन लागेकोमा शान्तिपूर्ण रुपमा विरोध ¥याली निकाल्नुका साथै अनिश्चितका लागि बजार बन्द गरेको उपाध्यक्ष खत्रीले बताए । ‘बजार अनिश्चित कालका लागि बन्द गरेका छौं । प्रशासनले अर्को निर्णय नगर्दासम्म बजार बन्द हुन्छ, उनले भने ।’

त्यस्तै यूथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले कुनै पनि हालतमा महोत्सव लाग्ने बताएका छन् । उद्योग वाणिज्य संघले बजार बन्द गराएपनि आफूहरुलाई महोत्सव लगाउने कुरामा कुनै असर नपर्ने बताए ।

प्रकाशित मिति : २०७९ मंसिर १४ गते बुधबार
ताजा समाचार