नेपालगञ्ज : बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको नरैनापुरलाई ग्रामीण शहरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अथकले आगामी ५ वर्षभित्र नरैनापुरको मुहार फेरिने बताउँदै जिल्लाको नयाँ सहरका रुपमा नरैनापुरलाई विकास गरिने बताए ।
गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका मन्त्री अथकले आफ्नो पहिलो कार्यकालमा नरैनापुरमा विकासको जग तयार गरिएकाले आगामी पाँच वर्ष विकासको वर्ष हुने जिकिर गरे ।
उनले बिगतमा दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुरमा बिजुली, सडक पूर्वाधार, नदी नियन्त्रण, विद्यालय, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गरिएको भन्दै अब कृषि, पर्यटन र रोजगारमा जोड दिइने बताए । उनले नरैनापुमा छोटी भन्सार, इलाका प्रशासन, नापि तथा मालपोतका शाखा कार्यलय स्थापनामा पनि जोड दिइने दाबी गरे ।






प्रतिक्रिया दिनुहोस्