२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

बाढी प्रभावित क्षेत्रमा पुग्न नसकी खडैचाबाटै फर्कियो सिडियोको टोली




नेपालगञ्ज : तीन दिनदेखि भएको अबिरल वर्षातको कारण बाँकेलगायतका जिल्लाको जनजीवन अत्यन्त प्रभावित बनेको छ । निरन्तरको वर्षातको कारण राप्तीनदीमा पानीको सतह पनि बढेर खतराको चिन्ह पार गरेको छ ।

राप्तीनदीको पानी पसेर बाँकेका डुडुवा गाउपालिका वडानं. १ को रामनगर पाझा, टेपरी पाझा, छिटैपुरवा पाझा, ( पाझा भनेको गोठ जस्तो घर भएको ठाउ हो, जहाँ खेतीपाति लगाउदा बस्ने गरिन्छ ) कृषि चौफेरी, छोटी चौफेरी डुबानमा परेका छन् । सो क्षेत्रमा डुवान तथा बाढी प्रभावित भएका करिव २ सय ५० जनालाई त्यहाँ रहेको नेराप्रावि कृषि चौफेरी, सामुदायिक आश्रय भवनहरुमा स्थानन्तरण गरिएको छ ।

तीन दिनदेखि अबिरल परेको पानीको कारण प्रभावित क्षेत्रको अवस्था बुझ्नको लागि बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा गएको टोली बाढीको कारण प्रभावित स्थान पुग्न नसकी खडैचाबाटै फर्केको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले बाढी प्रभावितलाई स्थानीय वडा कार्यालयबाट खाने व्यबस्था मिलाईएको जानकारी दिए । उनले घरघरमा पानी पसे पनि मानविय तथा चौपाय क्षति भने नभएको बताए ।

प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रबार
ताजा समाचार