२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

काम देखाउनेलाई भोट दिन जसपा उम्मेदवार राईको आग्रह



नेपालगञ्ज : जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार समेत मोहम्मद इश्तियाक राईले आगामी मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश सभाको निर्वाचनमा क्षेत्रको विकास गरेर देखाउने उम्मेदवारलाई आफ्नो मत दिन आग्रह गरेका छन् ।

उनले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पार्टीको चुनावी प्रचार प्रसार कार्यालयहरूको उद्घाटन गर्दै सो आग्रह गरेका हुन । उनले भोट माग्न आउने उम्मेदवारहरूलाई राम्रोसँग चिन्न र मंसिर ४ गते आफ्नो उत्कृष्ट विवेक प्रयोग गर्न पनि मतदातालाई आपिल गरे ।

उनले भने–‘मलाई नै भोट दिनैपर्छ भनेको छैन । मेरा कामहरूलाई हेर्नुहोस् र मूल्याङ्कन गरेर विवेक प्रयोग गर्नुस् भन्नेमात्रै मेरो आग्रह हो । अहिले धेरै उम्मेदवार फेरि मतदातालाई प्रभाव पार्न धेरै नाटक र नौटङ्की गरेर भोट मागिरहेका छन् । तर त्यसमा नअल्झिनुस् सबै उम्मेदवारहरूको मूल्याङ्कन गर्नुस् अनि भोट दिनुस् ।’

उम्मेदवार राईले राज्यका हरेक अंगमा समावेशिता र संघीयतालाई अझ बलियो गरी स्थापित गर्नका लागि फेरि पनि जनता समाजवादी पार्टी राज्यको निर्णायक ठाउँमा हुनुपर्ने जरुरी रहेको कुरामा जोड दिदैै मधेस आन्दोलनको जगमा प्राप्त उपलब्धिहरूलाई जोगाउनका लागि आफूहरू चुनावबाट जनताको स्विकृती माग्न आएको दाबी गरे ।

उनले भने–‘जति सकेका छौं हामीले त्योभन्दा पनि धेरै काम गरेका छौं । अझै गर्न अधुरा कामहरू बाँकी छन् । राज्यलाई खबरदारी गरिरहन पर्नेछ । कतिबेला हाम्रा अधिकारहरू फेरि खोसिन्छन् थाहा छैन त्यसैले फेरि पनि हामी संसदमा पुग्न जरुरी छ । हाम्रा अधिकारको रक्षा गर्न र विकासको लहर ल्याउनका लागि फेरि हामी निर्णायक ठाउँमा पुग्न आवश्यक छ ।’

जसपाले क्षेत्र नं २ भित्र पर्ने नेपालगञ्जका सबै वडाहरू र टोलहरूमा आफ्नो प्रचार प्रसारका लागि सम्पर्क कार्यालयहरू खोलिसकेको जनाएको छ । सोमबार नेपालगञ्जका वडा नं २३को भज्जुपुरवा, वडा नं १८ को प्रहरी तालिमकेन्द्र छेउमा, वडा नं २१ को विर्ता, वडा नं २१कै पुरैना, डुडुवा गाउँपालिका २ बेतैनी चोक, डुडुवा वडा नं १ कन्धइपुरवा र डुडुवा २ को जाथरपुरवामा सम्पर्क कार्यालयहरू खुलेका छन् ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमबार
ताजा समाचार