२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

काँग्रेससहित गठबन्धनको प्रचार कार्यालय नेपालगञ्जमा सञ्चालन



नेपालगञ्ज : नेपाली काँग्रेले नेपालगञ्जमा पाँच दलिय गठबन्धनको संयुक्त प्रचार–प्रसार कार्यालय सञ्चालनमा ल्याएको छ । बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर २ को प्रचार–प्रसार कार्यालय शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । काँग्रेस क्षेत्र नम्बर २ ले नेपालगञ्जको त्रिभुवन चोक पुर्ब लाईनमा उक्त कार्यालय सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यालयको नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले रिबन काटेर उदघाटन गरेका हुन् ।

काँग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा जारी कार्यक्रममा राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, प्रतिनिधी क्षेत्र नम्बर २ का उम्मेदवार सुदिपनरसिंह राणा, प्रदेश सभा–२ क का उम्मेदवार राजकुमार वर्मा, प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमाल, पुर्बमन्त्री एवम काँग्रेस बाँकेका पुर्बसभापति गजेन्द्र हमाल, पुर्बसभापति किरण कोइराला र सनत रेग्मी, पुर्ब सांसद कैलाशनाथ गुप्ता(कसौधन), संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी, पार्टीका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, काँग्रेसका महासमिति निरन्जनसिंह सिजापति, जिल्ला उपसभापति गोपाल अधिकारी, जिल्ला सचीव सुधान्सु कोइराला, कोषाध्यक्ष यज्ञ बस्नेत, लुम्बिनी प्रदेशका समानुपातिक उम्मेदवार माया पुन, सुशिला नेपाली (बादी), मिना बोहरा सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिस्ट, काँग्रेस नेता हुर्मत न्यौपाने,पार्टीका जिल्ला, क्षेत्रका पदाधिकारी तथा सदस्यहरु, भातृ तथा शुभेक्छुक संस्थाका अध्यक्ष एवं प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको छ ।

प्रकाशित मिति : २०७९ कात्तिक १२ गते शनिबार
ताजा समाचार