२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

राप्ती नदीले खतराको तह नाघ्यो, सतर्कता अपनाउन आग्रह



फाइल तस्बिर

नेपालगञ्ज : बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरेको छ । अविरल वर्षाका कारण कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

दिउँसो पौने १ कुसुममा नदीको सतह ६.१७ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । पहाडी जिल्लामा अत्यधिक वर्षा भएका कारण राप्ती नदीमा पानीको सतह बढेको हो ।

राप्ती नदीले खतराको तह पार गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढी आउँछ ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिबार
ताजा समाचार