२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

भेरी अस्पतालमा डेंगुबाट दुई जनाको मृत्यु



नेपालगञ्ज : बाँकेमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल मृत्यु भएका दुवै जना जिल्ला बाहिरका हुन् । एक जना कैलाली र अर्का बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधवार भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भदौ २२ गते बुधबार
ताजा समाचार