२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

पत्रकारलाई विपदको घटनाको सूचना प्रवाह गर्दा सम्वेदनशील हुन मन्त्री शर्माको आग्रह



नेपालगञ्ज : आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलमराम शर्माले विपदजन्य सूचनाहरु सम्प्रेशण गर्दा संवेदनशील हुन पत्रकारलाई आग्रह गरेका छन् ।

बुटवलमा भएको सञ्चारकर्मीका लागि विपत पत्रकारिता तालिमको उदघाटन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् । मन्त्री शर्माले सञ्चारकर्मीहरुले जहिलो पनि सत्य, तथ्यको नजिक रहेर रिपोर्टिङ गरी नागरिकको सुरक्षाका लागि सहयोग गर्नुपर्ने बताए ।

आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयको आयोजना यूनेसेफको व्यवस्थापनमा भएको कार्यक्रममा मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, यूनेसेफका प्रतिनिधि शंकर पोख्रेलले शुभकामना मनतव्य दिएका थिए ।
आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन मन्त्रालयका सञ्चार शाखा कार्यक्रम अधिकृत रविन केसीले गरेका थिए । कार्यक्रमका सहभागीलाई आन्तरिक मामिला, कानून तथा ससञ्चार मन्त्रालयका दामोदर भण्डारीले स्वागत गरेका थिए ।

तालिममा लुम्बिनी प्रदेशभित्रका जिल्लाहरुबाट सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । २ दिनसम्म चल्ने तालिमको प्रमुख सहजकर्ता रुपेश श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : २०७९ भदौ ३१ गते शुक्रबार
ताजा समाचार