२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

इमाम हुसैन बृहद रक्तदान कार्यक्रम नेपालगञ्जमा हुने



नेपालगञ्ज : पछिल्लो समय बाँकेमा रगत अभाव भएर बिरामीलाई सकस भईरहेका बेला त्यसको समाधानका लागि बाँकेका मुस्लिमहरुले बृहद रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

मोहर्रमको अवसरमा इमाम हुसैन खुल्ला रक्तदान कार्यक्रम गर्न लागेको नेपाल मोहर्रम समितिका अध्यक्ष मेराज अहमद हिमालले जानकारी दिए ।

दिन प्रतिदिन रगतको माग बढ्दै गएकाले रगत परिपूर्ति गर्नका लागि खुल्ला रक्तदान कार्यक्रम भेरी अस्पताल परिसरमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राङणमा बिहीबार बिहान ८ बजेदेखि सञ्चालन गरिने अध्यक्ष हिमालयले बताए ।

कार्यक्रममा रक्तदान गर्न इच्छुकहरुलाई सहभागिता जनाइ दिन अपिल गरिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधबार
ताजा समाचार