२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

श्री एयरलाइन्समा धुवाँ निस्किएपछि नेपालगञ्ज फर्काइयो



नेपालगञ्ज : नेपालगञ्जदेखि काठमाण्डौका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।

नेपालगञ्ज विमानस्थल प्रमुख सुरेश खनालका अनुसार, बिहीवार विहान ९ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको श्रीको बमबार्डियर ड्यास क्यू ४०० विमानको शौचालयभित्र धुवाँ निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई ६ मिनेटमै नेपालगञ्ज विमानस्थलमा फर्काएका थिए ।

पाइलटले ल्याबोटरीमा धुवाँ निस्किएको संकेत देखिएपछि ५ माइल अर्थात करिब ९ किलोमिटर बाटै जहाज फर्काएको विमानस्थल प्रमुख खनालले बताए । जहाज अवतरण भइसकेपछि पनि धुवाँ निस्किएको थियो । इन्जिन बन्द गरेपछि धुवाँ पनि रोकियोको उनको भनाई छ । श्रीसँग बमबार्डियर ४ र सीआरजे ४ गरी ८ वटा जहाज छन् ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहीबार
ताजा समाचार