२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

विप्लवलाई पुराना मुद्दा लगाउनु हुँदैन : शंकर पोखरेल



दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई पुराना मुद्धा लगाउन नहुने बताएका छन् । दाङको तुलसीपुरमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनेमा बोल्दै उनले खुल्ला राजनीतिमा आउनु भन्दा पहिलेका घटनाका आधारमा मुद्दा लगाउन नहुने बताएका हुन् ।

’खुल्ला राजनीतिमा आइसकेपछि उनी (विप्लव) ले गलत काम गर्छन भने दण्डको भागिदार हुन्छन्,’ पोखरेलले भन्नुभयो, ’पहिलेका घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित होइन ।’

सोमबार ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजना मुद्दामा नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)सहित नेता कार्यक्रताहरुलाई ३५ दिने वारेण्ट जारी गरेको छ ।

यसको संसदमा समेत विरोध भएको थियो । मंगलबार संसदमा एमाले र माओवादी केन्द्रका सांसदले राजनीतिक मुद्दा राजनैतिक तरिकाले हल गर्नु पर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधबार
ताजा समाचार