२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

स्पष्टिकरण सोध्ने निर्णयप्रति काँग्रेस बाँकेका सहसचिव थारुको आपत्ती



नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेका जिल्ला सहसचिव विनोद थारुले पार्टीले आफुलाई स्पष्टिकरण सोध्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै काँग्रेस बाँकेले थारुलाई सय बढी स्थानीय तथा जिल्ला नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । त्यो लिष्टमा सहसचिव थारुको नाम पनि परेको छ ।

आइतवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा थारुले स्थानीय तहको निर्वाचनमा आफुले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराखेको दावी गरे ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा भनिएको छ–‘निर्वाचनमा इमान्दारी पूर्वक आफ्ना आधिकारिक उम्मेदवारलाई निर्वाचित गराउन दिनरात नभनेर पुर्याएको योगदानको अवमूल्यन गर्दै मलाई पूर्वाग्रही ढंगले स्पष्टीकरण सोध्ने भनि गरेको निर्णयप्रति स्तब्ध एवम् दुःखी भएको छु ।’

पार्टीले पूर्वाग्रही ढंगले आफुमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएको भन्दै उनले आपत्ती जनाए ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतबार
ताजा समाचार