२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

बाँकेमा राप्ती नदीले खतराको सतह पार गर्यो



फाइल तस्बिर

नेपालगञ्ज : बाँकेमा राप्ती नदीले खतराको सतह पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । बाढी मापन केन्द्र कुसुमका अनुसार शनिवार दिउँसो २ः२० बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ६२१ सेन्टिमिटर पुगेको छ ।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ । राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

राप्ती नदीले खतराको सतह पार गरेपछि कुसुमस्थित बाढी मापन केन्द्रमा खतराको साइरन बजाइएको छ ।

प्रकाशित मिति : २०७९ असार २५ गते शनिबार
ताजा समाचार