२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

नेपालगञ्जमा भानुभक्तको शालिक अनावरण



नेपालगञ्ज : नेपालगञ्जको न्युरोडमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिक अनावरण गरिएको छ । शालिकको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले शनिवार विहान अनावरण गरेका हुन् ।

शालिक अनावरणमा लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सदस्य हरिप्रसाद तिमिल्सिना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, लायन्स अगुवाहरु शेम शाक्य, मुकुट ढकाल, लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिवप्रसाद दाहाल, शालिक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए ।

साढे १२ लाखको लागतमा लायन्स क्लब अफ नेपालगञ्ज सिनर्जीले शालिक निर्माण गरेको हो । उक्त चोकलाई ’भानुभक्त चोक’ नामाकरण गरिएको छ ।

प्रकाशित मिति : २०७९ असार १८ गते शनिबार
ताजा समाचार