२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

प्रवासी नेपाली संघ उत्तरप्रदेश राज्यसमिति बैठक



नेपालगञ्ज :  प्रवासी नेपाली संघ भारत उत्तर प्रदेश राज्य समितिको बैठक आइतबार सम्पन्न भएको छ । राज्य समितिका अध्यक्ष रामप्रसाद गौतमको अध्यक्षतामा आयोजित बैठकमा प्र.नं. संघ भारत केन्द्रिय समितिका उपाध्यक्ष मोहन थापा, केन्द्रिय सचिवालयका बुद्धिराम कुम्भकार लगाएतले सम्बोधन गरेका थिए ।

बैठकले राज्यमा रहेका तमाम प्रवासी नेपालीहरुका समस्यालाइ निराकरण गर्न केन्द्रिय समितिलाई समेत पत्राचार गरेको बताइएको छ । नेपालबाट रोजिरोटिका लागि भारत आएर दैनिक ज्यालादारी, मजदुरी तथा अन्य पेशा ब्यबसायमा लागेका तमाम नेपालीहरुको हक हितका निम्ति प्रवासी संघले काम गर्दै आएको अध्यक्ष गौतमले बताए ।

उन्ले भारतका बिभिन्न क्षेत्रहरुमा दुख गरेर ज्याला मजदुर गरेर नेपाल फर्कने नेपालीले उत्तर राज्य समिति तथा बोडर क्षेत्रमा पाउने सास्ती, लुटपाटका बिरुद्ध आफुहरुले शसक्त आवाज उठाउदै केन्द्रीय समिति मार्फत भारत सरकारको ध्यानाकर्षण समेत गराउदै आएको बताए । बैठकको प्रवासी नेपाली संघ भारत उत्तर प्रदेश राज्य समितिका सचिब रमेश आचार्यले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार २७ गते सोमबार
ताजा समाचार