२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

राप्तीसोनारीको समृद्धिका लागि सरोकारवालासँग छलफल



नेपालगञ्ज : बाँकेको राप्तीसोनारीको समृद्धि र विकासका लागि सम्बद्ध सरोकारवालासँग छलफल गरिएको छ । राप्ती सोनारी गाउँपालिका कार्यालय अगैयामा आज छलफल गरिएको हो ।

छलफलमा राप्ती सोनारी क्षेत्रमा रहेका पुर्वमन्त्री, पुर्वसभासद, साविक गाविसका पुर्वप्रधान/अध्यक्ष, क्याम्पस प्रमुख/अध्यक्ष लगायतसँग छलफल तथा अन्तरक्रिया गरिएको हो ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको अध्यक्षतामा भएको अन्तरक्रियामा उपस्थित सरोकारवालाले राप्ती सोनारीको समृद्धि र विकासका लागि आफुहरुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका थिए ।

सो क्रममा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, काँग्रेस प्रवक्ता डिल्ली गिरी लगायतको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधबार
ताजा समाचार