२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेसहित पश्चिम तराईमा ‘लु’ चल्न शुरु



नेपालगञ्ज : नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने बाँकेलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा ‘लु’ चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ ।

मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । गर्मीयाम शुरु भएयता पानी नपरेपछि चर्को घाम र तातो हावा ‘लु’ चल्न थालेको छ ।

तापक्रम वृद्धि र ‘लु’ चल्न थालेसँगै बढी गर्मी महसुस भइरहेको छ । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ । त्यसैमा अघोषित लोडसेडिङले नेपालगञ्जबासीले सास्ती खेप्नु परेको छ ।

प्रकाशित मिति : २०७९ जेठ २१ गते शनिबार
ताजा समाचार