२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेद्वारा राजीनामा



काठमाण्डौ : भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन् ।

बहुमत परीक्षणका लागि सर्वोच्च अदालतले आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन् । सामाजिक सञ्जालबाट उनले मुख्यमन्त्री पद त्यागेको घोषणा गरेका छन् । साथै उनले मुख्यमन्त्री पदबाट राजीनामा गर्दा कुनै दुःख नलागेको बताएका छन् ।

ठाकरे भारतीय शिवसेनाका प्रमुख हुन् । बहुमत परीक्षण गर्न बिहीवार विधान सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो । ठाकरेले राज्यपाल भगतसिंह कोसियारीलाई राजभवन पुगेर आफ्नो राजीनामा बुझाएका छन् ।

ठाकरेले विधान परिषद्को सदस्यबाट पनि राजीनामा दिने बताएका छन् । (एजेन्सी)

प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार
ताजा समाचार