२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

वडाध्यक्षका उम्मेदवार चौधरीको निधन



नेपालगञ्ज : दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए ।

यसअघिको तुलसीपुर–१७ को वडा सदस्य भएर काम गरेका चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उनलाई थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो ।

चार दिनअघि काठमाडौं पुर्याइएका उनको उपचारका क्रममा मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।

प्रकाशित मिति : २०७९ वैशाख २७ गते मंगलबार
ताजा समाचार