२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

मंगलवार राती १२ बजेदेखि बाँकेको सीमानाका बन्द हुने



नेपालगञ्ज : बाँके जिल्ला भित्रको नेपाल भारत सीमानाका ७२ घण्टाको लागि बन्द हुने भएको छ । आसन्न स्थानिय तह निर्वाचन २०७९ लाई स्वाच्छ, निश्पक्ष, भएरहित र शान्ति पुर्ण रुपमा सम्पन्न गर्नका लागि मित्र राष्ट्र भारतसंग जोडिएको नेपाल भारत सिमानाका बन्द हुने भएको हो ।

बाँकेका प्रमुुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले यही बैशाख २७ गते मंगलबार राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म सिमानाका बन्द हुने जानकारी दिए ।

सीमा नाका बन्द भएको ७२ घण्टाका लागि कुनै पनि सवारी साधन तथा व्यक्ति आवतजावत गर्न नपाउने गरी सीमानाका बन्द हुने उनले बताए ।

नेपाल र भारतमा निर्वाचन भएको समयमा हालसम्म सिमानाका बन्द हुदै आएको छ ।

प्रकाशित मिति : २०७९ वैशाख २५ गते आइतबार
ताजा समाचार