२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

तुलसीपुरको प्रमुख उपप्रमुखमा गठबन्धनलाई पछाडी पार्दै एमाले विजयी



दाङ :  दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारलाई पछाडी पार्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा एमालेका टिकाराम खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा पनि एमालेकै स्यानी चौधरी विजयी भइन् । उनले गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरलाई पराजित गरेकी हुन् । चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गर्दा रानामगरले २१ हजार ६५ मत मात्रै प्राप्त गरे ।

दाङका दुई उपमहानगर मध्ये यसअघि घोराहीमा पनि गठबन्धनलाई फराकिलो मत अन्तरले किनारा लगाउदै एमालेकै उम्मेदवारहरु विजयी भएका छन् । गत बैशाख ३० गते सम्पन्न ७ सय ५३ पालिकाको निर्वाचनमा हालसम्म ७ सय ४४ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्रकाशित मिति : २०७९ जेठ ११ गते बुधबार
ताजा समाचार