२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

बारेकोटको अध्यक्षमा गठबन्धनलाई पराजित गर्दै पूर्वपत्रकार गिरी निर्वाचित



सुर्खेत : प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष वीरबहादुर गिरी जाजरकोटको बारेकोट अध्यक्षमा निर्वाचित भएका छन् । उनी लामो समयदेखि जाजरकोटमा रहेर नेपाल टेलिभिजन, राजधानी दैनिक लगायतका सञ्चार संस्थामा जिल्ला प्रतिनिधि रहेर पत्रकारिता गर्दै आएका थिए ।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रबहादुर शाहलाई १०९ मतको अन्तरमा पराजित गर्दै उनले विजयी हासिल गरेका हुन् ।

उनले ३९५४ मत ल्याए ।  शाहले ३८४५ मत पाए ।  उपाध्यक्षमा नेकपा माओवादीका नरबहादुर गिरी विजयी भएका छन् । उनले ३६६३ मत ल्याए । उपाध्यक्षमा एमालेकी गीता कुमारी सिंह ३४०१ मत ल्याउँदा पराजित भइन् ।

प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार
ताजा समाचार