२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

नौमुलेमा माओवादी केन्द्रबाट एमालेमा



दैलेख : आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेका दैलेख नौमुलेमा एमालेका उम्मेदवारले चुनावी अभियान तीब्र पारेका छन ।

आगामी वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा दैलेखको नौमुले गाउंपालिकामा ससिराम विश्वकर्माले नेकपा एमालेको तर्फबाट अध्यक्ष र गीता चन्दले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

यसैक्रममा नेकपा माओवादी केन्द्र नौमुले गाउँकमिटी उप सचिव तथा जिल्ला कमिटी सदस्य धनेन्द्र रोकामगर (उर्जा) अनेरास्ववियु क्रान्तिकारी वडा संयोजक खगेन्द्रब सुत्पराई, नेकपा गाउँकमिटी सदस्य दानबहादुर हमाल पुरानो पार्टी त्यगेर एमाले प्रवेश गरेका छन ।

माओवादी केन्द्र वामपन्थी नभई दक्षिणी पन्थिधारतिर होमिन लागेको जसले गर्दा जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरु रक्षा गर्न एमाले प्रवेश गर्दै एमालेका उम्मेदवारलाई आसन्न स्थानीय निर्वाचनमा सहयोग पुराउने उद्घोष समेत गरेका छन ।

प्रकाशित मिति : २०७९ वैशाख १९ गते सोमबार
ताजा समाचार