२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

नेपालगन्ज उप–महानगरपालिकाका जनप्रतिनिधिहरुको विदाई



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको विदाई गरिएको छ ।

स्थानीय तह निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधिहरुको आज एक कार्यक्रमका बीच विदाई गरिएको हो । स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका जनप्रतिनिधिहरुले भने यसअघि नै राजिनामा दिइसकेका छन् । नेपालगञ्जमा नगर प्रमुख डा. धवल शम्शेर राणा, उप–प्रमुख उमा थापा मगर, २३ जना वडाध्यक्ष, ८ जना कार्यपालिका सदस्य र ९२ जना वडा सदस्य गरी १२५ जना जनप्रतिनिधि छन् ।

कार्यक्रममा उपमहानगरपालिकाले जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो । नगर प्रमुख राणा, उप–प्रमुख थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

त्यस अवसरमा जनप्रतिनिधि आएपछि ५ वर्षमा भएका विकास निर्माणको संगालो ‘समृद्ध नेपालगञ्ज’ र नगर प्रमुख राणा तथा उप–प्रमुख थापा मगरका ५ वर्षे कार्यकालका मुख्य काम समेटेको थप दुई वटा पुस्तक पनि विमोचन गरिएको थियो ।

 

प्रकाशित मिति : २०७९ वैशाख २८ गते बुधबार
ताजा समाचार