२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी निर्वाचित



कैलाली : कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उमेदवार निर्वाचित भएका छन् । लामो समयदेखि कान्तिपुर दैनिक कैलालीको सम्बाददाता भएर काम गरेका पत्रकार गणेश चौधरीले सात हजार एक सय ५१ मत पाएर अध्यक्षमा विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका परशुराम महतौले पाँच हजार दुई सय ४२ मत पाउँदा एमालेका टंकबहादुर बमले चार हजार दुई सय ४१ मत पाए ।

त्यसैगरी, उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमतीदेवी कठरिया ६ हजार पाँच सय २६ मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी गीता चौधरीले चार हजार पाँच मत ल्याउँदा माओवादीका जयप्रकाश दहितले चार हजार पाँच सय ४८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ जेठ ७ गते शनिबार
ताजा समाचार