२०८३ कात्तिक ९ , आइतबार
Sadarline
२०८३ कात्तिक ९ , आइतबार

एमाले नेपालगञ्ज–१९ को प्रचार र्याली




नेपालगञ्ज : आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न राजनीतिक दलहरु प्रचार अभियानलाई तिब्र पारेका छन् ।

यसैक्रममा नेकपा एमाले नेपालगञ्ज –१९ कमिटीले बसुदेवपुरको जानकीटोलबाट वडा अध्यक्षका उम्मेदवार धनराज कुर्मी (चौधरी) सदस्यहरु तिर्थराम कलवार, पूर्णबहादुर राना, छाँयाकुमारी वली, र लिलावती सुनारसहितको टोलीले मोटरसाईकल, ई–रिक्साको र्याली निकालेर वडाको परिक्रमा गरेको छ ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नरेन्द्र वली, रबिन्द्र लम्साल, जिल्ला कमिटी सदस्य पार्वती सिंह, हंशराज खनाललगायतको पार्टीका नेतासहितको र्यालीले वडाका मोहनपुर, आलानगर, कण्ठीपुर, सोल्टीहोटल, फुटाह, परिक्रमा गरी पुनः कण्ठीपुरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रकाशित मिति : २०७९ वैशाख २५ गते आइतबार
ताजा समाचार